स्वास्थ्यकर्मीलाई पठाएको मास्क, प्रशासनका कर्मचारीले प्रयोग गरे

पाल्पा, चैत्र १६,
पाल्पामा स्वास्थ्य कर्मीका लागी प्रदान गरिएको मास्क जिल्ला प्रशासनका कर्मचारीले प्रयोग गरेको भेटिएको छ । पाल्पा स्थित सिजी सिमेण्ट इन्ड्रष्ट्रिज प्रा.लि ले पाल्पा अस्पतालका स्वास्थ्य कर्मीका लागी प्रदान गरेको पाँच सेट पिपिई अर्थात पर्सनल प्रोटेक्सन इक्यूइपमेन्ट प्रशासनका कर्मचारीले प्रयोग गरेका हुन् । सिजी सिमेन्टका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई चैत्र १२ गते उहाँकै कार्यालयमा पुगेर पिपिई हस्तान्तरण गरेका थिए । १३ गते बेलुकी पाल्पा अस्पतालका सुपरिटेन्डेन पुष्प ज्ञवालीलाई प्रशासनले हस्तान्तरण गरेको पिपिई सेट खोलिएको र मास्क नभएको अवस्थामा थियो । मास्कको दुरुपयोगको भएको भन्दै जिल्लाका जनप्रतिनिधिहरुले चिन्ता ब्यक्त गर्दे सम्वन्धीत कर्मचारीलाई कारबाहीको माग समेत गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *