उपचारका लागि दुई वटा अस्पताल पुगेपनि घरमै बसे ज्वोरोका बिरामी

पाल्पा, चैत्र १६,
पाल्पामा ज्वोरोका बिरामी उपचारका लागी दुई वटा अस्पताल पुगेपनि घरमै फर्किनुपरेको छ । ज्योरोले थलिएपछि तानसेन स्थित युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज, प्रभास पुगेका बगनासकाली गाउँपालिका २ पोखराथोकका २० वर्षिय दामोदर कुमाल घरमै फर्किनुपरेको हो । मिशन अस्पतालले उपचारका लागि बेड छैन भनेपछि एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेज पुगेका कुमाललाई गाडी बाट नझारेरै टाढै बाट ज्वोरो नापेर घर फर्काइदिएको कुमालकी आमाले गुनासो गर्नुभयो । घरमा छुट्टै एक्लै बस भन्दै फर्काइदिएको बिरामी दामोदरले बताउनुभयो । बिरामीलाई पिसाव लाग्यो भन्दा समेत मेडिकल कलेजका कर्मचारीले झर्न नदिएर बाटौमा गराउन भनेको एम्बुलेन्स चालक नारायण जिसिले जानकारी दिनुभयो । टाढै बाट ज्वोरो नापे, एउटा दबाई पनि दिएका हुन्, चालक जिसीले भन्नुभयो आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेबिरामीलाई घर फकाइदिए । लुम्बिनी मेडिकल कलेज प्रशासनले भने उपचार गर्नु पर्ने अवस्था नभएकाले घर फर्काइदिएको जनाएको छ । रोजगारीका लागी भारत रहेका कुमाल यही चैत्र ९ गते मुम्बइबाट घर फर्किएका थिए । ज्वोरो,खोकी र थकानको महशुस पछि स्थानीय हेल्थपोष्टको सल्लाहमा उनी अस्पताल पुगेका थिए ।
बिरामी हेर्न छाडे स्वास्थ्य कर्मीहरुले
आवश्यक सुरक्षा सामाग्रीको अभाब भएको भन्दै पाल्पाका स्वास्थ्य कर्मीहरुले बिरामीको परिक्षण गर्न छाडेका छन् । हेल्थपोष्ट, स्वास्थ्य चौकीमा समेत सामान्य ब्लडप्रेसर पनि जाच्न छाडेको स्थानीयले गुनासो गरेका छन् ।सम्पर्कमा रहेर परिक्षण गर्नुपर्ने काम बन्द गरेको बताउँदै टाढै बाट औषधी दिने र परामर्सपछि अस्पताल पठाउने काम भैरहेको स्वास्थ्य कर्मीले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *