बाग्लुङ्गकी युवती संगै नेपालमा को*रोना संक्रमित ५ पुगे

पाल्पा, चैत्र १५ ,
काठमाण्डौं बाहिर थप एक युवतीमा को*रोना सं*क्रमण भेटिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङ्गकी १९ वर्षिया युवतीमा को*रोनाको सङ्क्र*मणको पुष्टि भएको हो । ति युवती संगै अव नेपालमा कोरोना संक्र*मितको संख्या ५ पुगेको छ । चैत ४ गते १७ मार्चमा बेल्जियमबाट कतार हुँदै उनी नेपाल आएको स्वास्थय मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकी बाग्लुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा को*रोना भाइ*रसको संक्र*मण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यस क्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको स्थानीयले जनाएका छन् ।
कोरा*ना भाइरसको संक्र*मण पुष्टि भएपछि उनलाई सुरक्षित रुपमा काठमाडौं लगिएको जनाएको छ । यसअघि शुक्रबार धनगढीका एक युवालाई को*रोना भाइरसको संक्र*मण भएको पुष्टि भएको थियो । संक्रमित धादिङका एक युवा र काठमाडौंको एक युवतीको शुक्रराज ट्रपिकल तथा सरुवारो*ग अस्पताल टेकुमा उपचार भइरहेको छ । सुरुमा संक्र*मित भएका युवा भने उपचारपछि घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *