काठमाण्डौं, चैत्र १४,
नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । धनगढीका एक युवामा कोरोना भाइरसको पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमणभएको पुष्टि भएको थियो ।