श्रीनगर एफ,एम १७ बर्षमा प्रवेश

पाल्पा, चैत्र १३ ,
देउरालीको सुसेली श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा आज देखि १७ बर्षमा प्रवेश गरेको छ । २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम हजार वाटको क्षमतामा छ । तानसेनको कैलाशनगर मा रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन लगाएतका जिल्लामा सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ । पाल्पा र आसपासका क्षेत्रमा रहको शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको प्रचुर सम्भावनालाई उजागर गर्दै यस भेगमा आर्थिक सामाजिक क्षेत्रको बिकासमा फड्को मार्ने उदेश्यले श्रीनगर एफ,एम को स्थापना भएको थियो । सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका कुरालाई समाचार तथा कार्यक्रममा प्राथमिकता दिदै आएको श्रीनगर एफ,एम गरिवी न्युनीकरणको लागी पहल गर्न जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउदै सुशासन कायम गर्न पनि अग्रसर छ । हरेक समय र क्षण , क्षणमा देश बिदेश अनि गाउटोलमा घटेका घटना लाई तत्काल स्रोता माझ पुर्याउन तल्लीन श्रीनगर हाईलाईट निकै लोकप्रिय छ । दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको छ । स्थानिय खबरहरुलाई समेटिएको समयसन्र्दभ निकै प्रभाबकारी बनेको छ ।
यसै विच श्रीनगर एफ,एम आज बाट १६ बर्ष पुरा गरी १७ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रालिका अध्यक्ष भिमसेन कार्कीले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरुलाई शुभकामना ब्यतm गर्दै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको आशा गर्नुु भएको छ । अध्यक्ष कार्कीले कोरोना भाईसरका कारण देश बिसम परिस्थितिमा रहेकाले प्रा.लिको वार्षिक उत्सवका अवसरमा समेत कुनै कार्यक्रम नगरिएको बताउनुभएको छ । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका बाट बच्च सबैले शामुहिक प्रयास गर्दे समस्या मसाधानका लागी हातेमालो गर्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *