काठमाण्डौं, चैत्र १३ चैत,
नेपालमा तेस्रो व्यक्तिमा समेत को*रोना संक्रमण भेटिएपछि थप कडाई गरिदैछ । चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइटवाट त्रिभुवन विमानस्थलमा उत्रिएका धादिङका ३२ वर्षका पुरुषमा को*रोनाको संक्र*मण देखिएको हो । उनी बसेको होटल र सवार विमानमा यात्रा गरेकाहरुको ट्रेसिङ गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो संक्र*मण चीनबाट आएका एक विद्यार्थीमा माघ ९ गते देखिएको थियो भने दोस्रो संक्र*मण फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा १० चैतमा देखिएको थियो । लगतै सरकारले लकउडानको घोषणा गरेको थियो ।