लकडाउनको अटेर भएपछि पाल्पामा निषेधाज्ञा जारी

पाल्पा, चैत्र ११,
पाल्पामा निषेधाज्ञा जारी भएको छ । लकडाउनको अवज्ञा भएपछि को*रोना भाइ*रसको जोखिमलाइ मध्यनजर गर्दे मंगलबार दिउसो ३ बजे देखि १८ गते बिहान ६ बजे सम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो । लकडाउको प्रभावकारीता नदेखिएपछि स्थानीय प्रसाशन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले निषेधाज्ञा जारी गर्नुभएको प्रशासनले जनाएको छ । निषेधाज्ञामा औषधी उपाचार एवम् खाद्धबस्तु खरिद लगाएत अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यतिm घर बाट बाहिर ननिश्किने, जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुर बाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्य कर्मी, सुरक्षा निकायहरुले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक एवम् निजि सवारी साधनहरुलाई निषेध गरिएको छ । स्वास्थ्य, सुरक्षा, खाद्धबस्तु, खानेपानी , दुध, विधुत्त , दुरसंचार, सूचना तथा संचार, फोहोर मैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा मात्रै संचालन हुने जिल्ला प्रशासन कार्यालय, पाल्पाले बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

ब्यवशायीहरुले औषधी,खाद्धान्न लगाएतका अत्याबश्यक सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने,काला बजारी,मूल्य बृद्धि,जम्माखोरी गर्ने,लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्ति वा समुहलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिइ कडा कारवाही गर्ने मेत प्रशासनले चेतावनी दिएको छ ।
यसै विच लकडाउनको अटेर गरी संचालन भएका एम्बुलेन्स संगै ४४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार यात्रु बोक्ने एम्बुलेन्स, २ वटा ट्याक्टर र ४१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अत्यावश्यक सवारी मात्रै जिल्ला प्रशासन कार्यालयको अनुमतिमा संचालन गर्नुपर्ने भएपनि अनुमति बिना संचालनमा आएका निजि तथा सार्वजनिक सवारीहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *