पाल्पामा यातायातका साधनमा रोक, घर बाहिर ननिश्किन प्रशासनको अपिल

पाल्पा, चैत्र १०,
पाल्पामा यातायातका साधनमा अनिश्चित कालका लागी रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संक्र*मण रोकथाम तथा उपचार कार्यमा सहजीकरण गर्न गठित कार्यटोलीको बैठकले सवारी साधन र टिप्पर संचालनमा रोक लगाएको हो । अत्यावश्यक काममा बाहेक निजि सवारीमा समेत रोक लगाइएको छ । निजि सवारीले यात्रु बोकेको पाइए कानुन बमोजिम कारवाही गर्ने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यादब सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले अन्तरपालीका, अन्तरजिल्ला, बाहिरबाट आउने र जाने सबै सवारीमा रोक लगाएको हो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिश्किन जिल्लावासीलाई आग्रह गर्दे बैठकले पेट्रोलियम पदार्थ, ग्यास, खाद्धान्न, दुध, पानी जस्ता आवश्यक सामान ढुवानी गर्ने सवारी साधन भने संचालन हुने जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *