विपद् व्यवस्थापन समिति पाल्पाको १७ निर्णय, अटेरी गरे कारवाही

पाल्पा, चैत्र ८,
को*रोना भाइरसबाट जोगिन विपद् व्यवस्थापन समिति पाल्पाको बैठकले बिभिन्न निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीकोे अध्यक्षतामा बसेको सर्वदलिय र सर्वपक्षिय बैठकले गरेका निर्णय अटेरी गरे कारवाहीको समेत चेतावनी दिएको छ । जिल्लामा रहेका सिनेमा हल,खेल मैदान, जिम, हेल्थ क्लब, कोचिङ सेन्टर, डान्स सिकाई सेन्टरहरु चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय गरेको बैठकले स्थानीय सरकारलाई सचेत रहन आग्रह गरेको छ । बैठकले तानसेन नगरपालिका र लुम्बिनी मेडिकल कलेजको समन्वयमा प्रभासमा हेल्पडेक्स शुरु गर्ने र जिल्ला अस्पताल, मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालमा बिशेष कक्ष ( आइसोलेसन बेड ) तयार गर्ने निर्णय भएको छ ।

यातायातका साधनमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्ने, अत्यावश्यक काम बाहेक हिडडुल नगर्न, सांस्कृतिक सामाजिक कार्यहरुमा सहभागी  नहुँन,मठमन्दिर,पार्टी प्यालेस जस्ता सार्वजनिक स्थालहरुमा २५ जना भन्दा बढी सहभागी नहुँने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कालोबजारी बढ्ने संकेत देखिएको भन्दै बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ६ सदस्सीय बजार अनुगमन समिति समेत निर्माण गरेको छ । को*रोना भाइरस बाट बच्न ब्यक्तिगत सचेतना र सावधानी आवश्यक रहेको भन्दै सामुहिक प्रयास गरी प्रकोपबाट जोगिन जिल्ला बासीहरु संग अपिल गरिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *