मगरभाषा इतिहास लेखन अभिमुखिकरण कार्यक्रम

पाल्पा, चैत्र ८,
पाल्पाको माथागढीमा मगर भाषा ईतिहास लेखन अभिमुखिकरण कार्यक्रम भएको छ । झडेवामा भएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले भाषाको लिपि अक्खारिका भएकोले निशङ्कोच रूपमा मगर समुदायले प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । लिपि बिहिन मगरलाई एम.एस. थापाले गहिरो र कठोर अध्ययन गरेर लिपि पत्ता लगाई गुन लगाएको थापाको भनाई थियो ।

कार्यक्रममा बोल्दै भाषा अनुसन्धानकर्ता बिष्णु सिंजाली मगरले मगर भाषा, धर्म सँस्कारलाई समेटेर पाठ्यक्रम बनाउनु पर्नेमा जोड दिनुभयो । मगर भाषा इतिहास लेखन अभिमुखिकरण कार्यक्रमका बक्ता संयोजक सञ्जोग लाफा मगरले मगर जातीले डाँडाकाडाँ, खोला नाला सबै ठाउँको नाम मगर भाषामा राख्न सक्ने तर आफ्नो बालबच्चाको नाम राख्न अन्य जाति लाई सोध्नुपर्ने कस्तो मानसिकता हो भनी प्रश्न गर्नुभयो ।

मगरले मगरपनमा ध्यान दिई मगर भएकोमा गर्व गरि अघि बढ्नु पर्नेमा लाफाको आग्रह थियो । कार्यक्रममा मगरको पहिलो भाषाशात्री पूर्ण बहादुर रानाले संसारका कुनै पनि भाषा ठूलो सानो नभएको बताउँदै भाषा देश विकासको बाधक नभई पाठ्यक्रम रहेको जानकारी दिनुभयो । मगर वा जुनसुकै भाषामा पठन पाठन गरेपनि व्यावसायिक, व्यावहारिक, बैज्ञानिक र प्राविधिक शिक्षा दिनु पर्ने उहाँको भनाई थियो । आफ्नो भाषा, धर्म र सँस्कृति प्रति सचेत भएकोले पनि माथागढी गाउँपालिकामा अक्खा लिपि प्रयोग गरि साईनबोर्डमा राखेमा रानाले खुशि व्यतm गर्नुभयो । राजनीतिक चुनाव जितेर बसेका गाउँपालिका अरुपनि अध्यक्षहरू भएपनि भाषिक, साँस्कृतिक र जातिय चेतना नभएकोले अन्य मगर अध्यक्ष लगायत जनजातिहरूले आफ्नो गाउँपालिकामा स्थानिय अधिकार पाउँदा पनि भाषा र लिपि प्रयोग गर्न नसकेकोमा उहाको चिन्ता थियो ।

पार्टीकै ह्विप अब मान्न नहुने र आफ्नो भाषिक अधिकार प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जनप्रतिनिधि र मगर भाषाका शिक्षकहरु संग अन्र्तक्रिया समेत भएको संयोजक लाफाले जानकारी दिनुभयो । माथागढी गाउँपालिकाको आयोजना र भाषा विभाग नेपालको प्रायोजनमा कार्यक्रम भएको हो । मगरनामका उत्पत्ति, मगर नाम भएका ठाँउहरु , भाषिक समानताहरु लगाएका बिषयलाई आधार बनाएर अनुसन्धान गरी मगर भाषा इतिहासका बारेमा भाषा आयोगलाई प्रतिबेदन बुझाउने अनुसन्धानकर्ता सिंजालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *