लामो दूरीका गाडी र हवाई उडान ब*न्द हुँदै

काठमाण्डौं, चैत्र ८,
आउँदो आइतबार देखि लामो दूरीका गाडी ब*न्द हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयका लागि लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । को*रोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सबै सरकारले आइतबार देखि नै हवाई उडान समेत ब*न्द गर्ने भएको हो । नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण ब*न्द हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतसँगको सीमा जोडिएका क्षेत्रमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिने भन्दै उहाँले त्यसका लागि भारत सरकार संग समन्वय गरिने बताउनुभयो ।सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रले दिदै आएका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म ब*न्द गर्ने समेत सरकारले निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा भने सञ्चालन हुने जनाइएको छ । सिनेमाघर संगै सबै प्रकारका पठनपाठनका कार्य ब*न्द भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *