परिवार नियो*जन संघ द्धारा पत्रकारसँग अन्तक्रिया

पाल्पा,चैत्र ७ ,
नेपाल परिवार नियो*जन संघ पाल्पा शाखाले जिल्लाका पत्रकारहरु सँग अन्तक्रिया गरेको छ । शाखाले जिल्ला र बाहिर सञ्चालन गरेका कार्यक्रम,गतिविधि र बनाएका भावी योजनाका बारे जानकारी दिन पत्रकारहरु संग भेटघाट तथा छलफल भएको हो । कार्यक्रममा नेपाल परिवार नियो*जन संघ पाल्पा शाखाका प्रबन्धक शोबाकान्त न्यौपानले यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा गरेको काम र प्रगति विवरण सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लाको सुगम देखि दुर्गम भेग सम्म पुगेर परिवार नियोजनका सेवा प्रदान गरेको जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, पत्रकार देव पचभैया,कृष्ण पोखरेल लगायतले बोल्दै परिवार नियो*जन संघले बृहत यौन शिक्षामा खेलेको भुमिकाको प्रशंशा गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी लेखनाथ ज्ञवाली,परिवार नियोजन संघकी कोषाध्यक्ष कोपीला ज्ञवाली, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपाने, परिवार नियो*जन संघकी केन्द्रीय युवा संयोजक माला न्यौपाने,परिवार नियोजन संघका सल्लाहकार चित्रवलीराम सुवाल, कार्यसमिति सदस्य उमानाथ न्यौपाने, लक्षीमा ज्ञवाली लगायतको सहभागीता थियो । शाखाकी कोषाध्यक्ष कोपीला कार्कीको अध्यक्ष,युवा संयोजक मिलन खड्काको स्वागत र पकाड प्रोजेक्टकी युथ च्याम्पीयन रेश्ना श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *