ट्याक्टर दुर्घटनामा चालक गंभिर

पाल्पा, चैत्र ६,
पाल्पाको बगनासकाली ७ कल्लाबारीमा भएको ट्याक्टर दुर्घटनामा चालक गंभिर घाईते भएका छन् । ढुङ्गा बोकेर खानीगाउँ तर्फ आउदै गरेको नयाँ ट्याक्टर बिहान सवा १० बजे तिर भएको दुर्घटनामा अन्दाजी ३५ बर्षिय चालक अर्जुन बिक गंभिर घाईते भएका हुन् ।

बिकको तानसेन स्थित यूनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको स्थानीय सुमन गैरेले जानकारी दिनुभयो । गाउँलेहरुको सहयोगले गर्दा घाइते चालकको चाडो उद्धार भएको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *