पाल्पा, चैत्र ४,
जुवाखाल वाटै पाल्पामा ४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर ७ डुम्रेखोला स्थित यम बहादुर सारुको घरमा जुवा खेलीरहेको अवस्थामा ४१ हजार ४ सय २२ रुपियाँ सहित ईलाका प्रहरी कार्यालय, रामपुरले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पक्राउ परेका घरधनी ३८ बर्षिय यम बहादुर सारु सहित स्थानीय २९ बर्षिय राम बहादुर श्रेष्ठ, ३८ बर्षिय ओम बहादुर मश्राङ्गी, ४२ बर्षिय झबिलाल बिक र ४० बर्षिय चेत बहादुर मल्ल पक्राउ परेका हुन् । उनीहरुलाई जुवा एैन अनुसार आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।