९ देखि ३ बजे सम्म विद्यालय खोल्ने सरकारी निर्णयले गाउँमा समस्या

पाल्पा, चैत्र ४,
आगामी शैक्षिक सत्रदेखि देशैभरका विद्यालयहरु बिहान ९ देखि ३ बजे सम्म संचालन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्णय देशभरका सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको र सरोकारवालासँग छलफल गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

विद्यालय र अन्य कार्यालयहरु खुल्ने र बन्द हुने समय एउटै हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या भैरहेकाले पनि विद्यालयको समय फेरिन लागेको सरकारले जनाएको छ । तर यो निर्णय काठमाण्डौं लगाएतका शहरहरुमा राम्रो मानिएपनि गाउँका विद्यालयलाई भने समस्या पर्ने देखिएको छ । कतिपय विद्यालयहरु निकै टाढा रहेकाले विद्यार्थीहरु घण्टौं हिड्नुपर्ने हुँदा खाना नपाक्दै विहानै विद्यालय जानुपर्ने भएपछि विद्यार्थीलाई समस्या पर्ने भन्दै जानकारहरुले चिन्ता देखाएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *