पेट्रोल,डिजेलमा र मट्टितेलमा २ रुपैयाँ घट्यो

पाल्पा, चैत्र ३,
डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको भाउ घटेको छ । नेपाल आयल निगमको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको भाउ घटाएको हो । निगमले मट्टितेल, डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा खाना पकाउँने एलपीजी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रिय भाउ भने घटेको छैन ।

नयाँ भाउ अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ,पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य भएको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसंग कम परिमाणमा तेल खरिद गर्दा देशका विभिन्न शहरमा तेलको अभाव भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *