आरन जोगाउँदै गाउँ सरकार

पाल्पा, चैत्र ३ ,
पाल्पाको रामपुरमा आरन जोउने अभियान थालिएको छ । विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन व्यवसाय हराउन लागेपछि संरक्षण थालिएको हो । पुर्खादेखि नै गरिदै आएको आरन व्यवसायको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ को कार्यालयनै अघि सरेपछि विश्वकर्मा शमुदाय हर्षित भएका छन् । आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पंखा जस्ता आवश्यक सामाग्री सहयोग गरेको वडा सदस्य पार्वती परियारले जानकारी दिनुभयो । आधा दर्जन आरन व्यवसायी रहेको यो वडामा आरन व्यवसायलाई गाउको सरकारले सहयोग गरेपछि निकै खुशि लागेको स्थानीय ६४ वर्षीय मनबहादुर विकले बताउनुभयो । ५७ वर्ष अघि देखि आरन व्यवसायमा गुजारी गर्नुभएका मन बहादुरले यही पेशा बाट १५ जनाको परिवार धानेको सुनाउनुभयो ।

आरनमा युवाहरुले ध्यान नदिने, गाउँघरमा कोइलाको अभाव हुने जस्का कारणले विश्वकर्मा समुदायको पहिचानको रुपमा रहेको पुरानो आरन व्यवसाय अहिले हराउँदै गएको हो । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडा अध्यक्ष एकबहादुर नेपाली बताउनुभयो । दश वर्ष पहिले ५० भन्दा बढी आरन व्यवसाय रहेको यो गाउँमा अहिले एक दुई जनाले मात्रै बिडो थामेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *