पोखरा केन्द्रबिन्दुको भूकम्पले तर्सायो

पाल्पा, चैत्र ३,
पोखरा केन्द्रबिन्दु भएर आईतबार बेलुकी गएको भूकम्पले धेरैजिल्ला हल्लाएको छ । बेलुकी ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पले पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, रुपन्देही लगायतका जिल्लामा धक्का पुर्याएको थियो ।

यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको बिनासकारी गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रको भनाई छ । गोरखा भूकम्पको पराकम्प अझै रोकिएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *