पाल्पा, चैत्र २,
गएराती परेको असिना पानीले पाल्पाको एकै गाउँमा ३० लाख बढीको क्षति भएको छ । रिब्दीकोट ७ डबकामा झण्डै ४० घरपरिवारले ब्यवशायीक रुपमा लगाएका तरकारी खेतीलाई असिनापानीले असर गरेको हो ।
खेतबारीमा लगाएका काक्रा, घिरौला, बन्दा, फूलकाउली, लसुन, प्याज, तोरी जस्ता सबै तरकारीबालीलाई क्षति गरेपछि आफूहरु मारमा परेको स्थानीय कृषक कमल बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
डबका संगै छिमेकी फेक, मैनादी लगाएतका कृषकका बालीनालीमा असर परेपनि त्यसको जानकारी नआएको स्थानीयले जनाएका छन् ।