पाल्पाका ४८ विद्यार्थी एसइई बाट बन्चित

पाल्पा, चैत्र १,
यस वर्षको एसइई परिक्षामा पाल्पाका ४८ विद्यार्थी बन्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि हाजिरी नपुगेको लगाएतका कारण उनीहरु माध्यमिक शिक्षा परीक्षा दिन नपाउने भएका हुन् । यही चैत ६ बाट १७ गतेसम्म हुने यस वर्षको परीक्षामा पाल्पाका पाँच हजार ६८ विद्यार्थीले परिक्षा दिदैछन् । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका अनुसार नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थीले परीक्षा दिनेछन् । तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा, त्रिभुवन माविमा परिक्षा केन्द्र तोकिएका छन् । रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास मावि, निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र रहेका छन् ।

माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप माविमा परिक्षा हुने छ । २५ परिक्षा केन्द्र रहेको पाल्पामा प्रत्येक परीक्षा केन्द्रमा एकजना परीक्षा केन्द्राध्यक्ष र दुइ सहायक केन्द्राध्यक्ष खटिनेछन् । प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी खटिने गरी ब्यवस्था मिलाइएको जनाइएको छ । चैत ६ गतेदेखि १७ गतेसम्म चल्ने परिक्षामा पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परिक्षाको सम्पूर्ण तयारी पुरा भएको एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *