बिनाकाम गाउँपालिका बाट पैसा आएको भन्दै पत्रकारले हुलाकबाट फिर्ता पठाए

पाल्पा, फागनु ३०
पाल्पाको रिब्दीकोट गाउँपालिकाले बिनाकाम आफूलाई पैसा पठाएको भन्दै पत्रकार सुनिल कार्कीले हुलाक मार्फत गाउँपालिकामै फिर्ता पठाउनुभएको छ । जिल्ला हुलाक मार्फत पत्रमा पैसा पठाएको भन्दै कार्कीले सामाजिक संजालमा राखेपछि राम्रो काम गरेको भन्दै दर्जनौ प्रतिकृया आएका छन् । एक पत्रकार मित्र संग मलाई पठाएको एक हजार के कति कारणले पठाएको हो, उहाँले लेख्नुभएको छ, स्रोत नखुलेको कारण ग्रहण गर्न असमर्थ छु । आर्थिक सुशासन र पारदर्शीतालाई आत्मसाथ गर्ने नारा बोकेको गाउँपालिकाले हचुवाको भरमा यसरी आर्थिक दुरुपयोग गर्न ठिक नभएको कार्कीको भनाई छ ।

कार्की संगै रिपोर्टिङ्गका लागी गाउँपालिकाको एक गाउँमा पुगेका पत्रकारका अनुसार पत्रकार आएको थाहा पाएपछि गाउँपालिकाको अर्को कार्यक्रम रहेको भन्दै सहभागी हुन प्रमुख प्रशासकिय अधिकृतले आग्रह गरेका थिए । तर आफूहरु अर्के कामका लागी आएको भनेपनि हस्ताक्षर गराएर पैसा दिएका हुन् ।

पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएका हौ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेलले भन्नुभयो किन फिर्ता गर्नुभएछ, सायद अरु कुनै कारणले होला कि ?
मनलाग्दी भुक्तानी

गत आर्थिक वर्ष रिब्दीकोट गाउँपालिकाले संचारगृहलाई भुक्तानी गरेको रेकर्ड हेर्दा बिना मापडण्ड पैसा दिएको देखिएको छ । एउटै संस्थालाई पटक पटक सुचना र कार्यक्रम बापत रकम दिएको गाउँपालिकाले छिमेकी रुपन्देही र काठमाण्डौंका संचारगृहलाई संझिदा जिल्लाका अन्य संचार गृहलाई भने वेवास्ता गरेको देखिएको छ । स्थानीय संचार गृहलाई संरक्षण गर्नुपर्ने गाउँसरकारको दायित्व रहेपनि गाउँपालिकाहरुले मिडियाका लागी कार्ययोजना बनाएर अघि बढ्ने कुरामा समस्या देखिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *