अनावश्यक तेलको संचित गर्दा पाल्पामा तेल सकियो

पाल्पा, फागनु ३०
तेल नपाइने हल्लाले उपभोत्ताहरुले अनावश्यक संचित गर्दा पाल्पाका पेट्रोलपम्पमा तेल सकिएका छन् । बिहिबार राती ११ बजे सम्म पम्पहरुमा लाईन लागेका उपभोक्ताहरुले ग्यालेन, ड्रम, बोतल लगाएतका भाडामा समेत डिजेल, पेट्रोल भरेर लगेका छन् ।

कोरोनाभाईरसको संक्रमण बढ्न सक्ने भन्दै नेपाल भारतको सिमानाका बन्द हुने समाचार सार्वजनिक भएसंगै मट्टिटेल, डिजेल र पेट्रोल सकिएका हुन् ।

कोरोनाकै भुत देखाउँदै पाल्पाका ब्यापारी ब्यवशायीहरुले समेत अन्य खाद्धान्नहरुमा कालोबजारी गर्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

बजार भाउँ बढाएको, कृतिम अभाव गरेको भन्दै उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन र कारवाही गर्न समेत माग गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *