पाल्पामा भ्यान दुर्घटना हुँदा ६ जना घाईते

पाल्पा, फागुन २९
पाल्पामा भएको भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गनिर भएको दुर्घटनामा घाइते भएका हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा चालक तानसेन ६ का २६ वर्षिय पवन राना, सोही ठाँउका ३९ वर्षिया निर्मला खराल, ४४ वर्षिय शिब खराल, नवलपरासी बर्दघाट १० की ४० वर्षिया सरस्वति चापागाई, बुटवल उपमहानगरपालीका ११ , रुपन्देहीकी ३४ वर्षिया मिना भटराई र सोही ठाउँकी २८ वर्षिया बिना बस्याल घाइते भएका हुन् ।

तानसेन बाट यम्घा जाँदै गरेको लु १ ज २५३९ नम्बरको भ्यान बिहिबार बिहान ११ बजे तिर वरालो सडकको बायाँ तिर पल्टिएको हो । दुर्घटनामा बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *