पाल्पा, फागुन २९
आगामी चैत्र १ बाट १२ गते सम्म पाल्पा बुटवलको सडक दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार तानसेन बुटवल सडक खण्डको गौडेपुल झुम्सा सडक खण्डमा घुम्ती कटान गरिन लागेको हो । बिहान ७ देखि ९ बजे सम्म, दिउँसो १२ देखि ३ बजे सम्म र राती ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरी मोड सुधार र चौडा सुधार गरीने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको सडकमा पाल्पा बुटवलको बाटो हुँदै स्याङ्जा, पोखरा, गुल्मी, बाग्लुङ्ग , अर्घाखाँची लगाएतका क्षेत्रमा दैनिक ५ हजार बढी ठुला साना सवारी संचालन हुँदै आएका छन् ।