पाल्पा, फागनु २७
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक यूवा ४ दिन पछि मृ*त भेटिएका छन् । तिनाउँ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउँखोलामा शनिबार दिउँसो पौडीखेल्ने क्रममा बेपत्ता भएका तिलोत्तमा ७ भलवाडी, रुपन्देहीका २१ बर्षिय प्रदिप रोका मंगलबार दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
साथीहरु सुमन सारु र सुमित चौधरी संगै पौडी खेलेका प्रदिप डुबेर बेपत्ता भएका प्रदिप ड्यामसाइड देखि अन्दाजी एक किलोमिटर तल पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।