मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग

काठमाण्डौं, फागुन २७
मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग प्राप्त भएको छ । गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा कार्यरत मगरहरुको साझा संस्था कानुङ्ग लाङ्घाली गुमाष्ठाले समाजलाई ७२ हजार ५ सय ४८ नेपाली रुपियाँ आर्थिक सहयोग गरेको हो । काठमाण्र्डौमा एक कार्यक्रमको आयोजना गरी समाजका अध्यक्ष एबम् नेपाल मगर संघका पूर्ब कोषाध्यक्ष क्याप्टेन कुल प्रसाद पुनलाई नेपाल मगर संघका सस्थापक महासचिव शुरेश आले र गुमाष्ठाका प्रबिण थापा मगरको समुहले सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका पूर्ब उपाध्यक्ष एवम् मगर भाषाका प्रशिक्षक खड्क सारु मगर, गृहमन्त्री राम बहादुर थापाका स्वकिय सचिब राम आले, नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा, मगर बिद्यार्थी उत्थान समाजका पदाधिकारी, सदस्यहरु र कानुङ्ग लाङ्घाली गुमाष्ठा सिंगापुरका बहालवाला साथै अवकास प्राप्त प्रहरीहरुको सहभागीता थियो ।

कानुङ्ग लाङ्घाली गुमाष्ठाका प्रतिनिधिहरुले राखेका मगर भाषा, मगर लिपि, धर्म, संस्कृति र संस्कारका जिज्ञासालाई मगर भाषाका प्रशिक्षक खड्क सारु मगर, मगर संघका संस्थापक सुरेश आले मगर, क्याप्टेन कुल प्रसाद पुनले जानकारी संगै प्रशिक्षण दिनुभएको थियो । कानुङ्ग लाङ्घाली गुमाष्ठाले मगरको भाषा, लिपि, सँस्कार र संस्कृतिलाई बचाई संसारभरी पुर्याउन आफूहरु सधै तयार रहेको टोलि नेता प्रबिण कुमार थापा मगरले जानकारी दिनुभयो । कार्यक्रममा मगर बिद्यार्थी उत्थान समाजका कोषाध्यक्ष एवम् निर्देशक मनिराज पुनमगरले समाजको उद्धेश्य र हालसम्मका प्रगतिका बारेमा जानकारी दिंदै यस बर्ष बाग्लुङ्गमा पुगेर त्याहाका बिद्यार्थीहरुको प्रि सेलेक्सन गरेको बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *