काठमाण्डौं, फागुन २६
दुई नेपालीलाई यूएईमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार(कोभिड–१९ ) बाट दुई नेपाली पनि सङ्क्रीत भएका हुन् । नेपालीसहित १४ जना नयाँ सङ्क्रमित भेटिएका यूएईमा त्यहीका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।यूएईमा कोरोना सङ्क्रमितको संख्या ५९ पुगेको भन्दै स्वास्थ्य विभागले सावधानी अपनाउन सबैसंग अपिल गरेको छ ।
उता कतारसरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, सिरिया, श्रीलङ्का र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको हो ।अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको कतारमा चार लाखभन्दा धेरै नेपाली रहेपनि कुनै पनि नेपालीलाई समस्या भएको छैन ।