प्रधानमन्त्री ओली, हिँडडुल र ठोस आहार शुरु

काठमाण्डौं, फागुन २४

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि हिँडडुल गराउन र ठोस आहार दिन शुरु गरिएको छ । उहाका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको उपचारमा संलग्न स्वास्थ्य कर्मीले जनाएका छन् । दोस्रो पटक नेपालमै गरिएको मिर्गौला प्रत्यारोपण सफल भएसंगै उहाँको स्वास्थ्यमा राम्रो हुँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको हो ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने ओलीका भान्जी नाताकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भैरहेको अस्पतालले प्रेस बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *