पाल्पा, फागुन २३
कोरोना भाइरसको संक्रमण हुन सक्ने खतरा भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पाल्पाले जमघट हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरेको छ । एक सुचना जारी गर्दे जिल्ला प्रशासन, कार्यालयले भेला, सभा सम्मेलन , पर्व , उत्सव , मेला महोत्सव जस्ता कार्यक्रम नगर्न भनेको हो । भिडभाडमा नजान अनुरोध गर्दे स्वास्थ्य अवस्थाको बारेमा सचेत हुन, ब्यतिmगत सरसफाईमा ध्यान दिन, कुनै पनि स्वास्थ्य समस्या वा लक्षण देखिए स्वास्थ्य संस्थामा जान समेत अनुरोध गरेको छ ।
कोरोना भाइरसको समस्या हुने क्रासले तानसेनमा माक्सको अभाव हुन थालेको छ । बिशेष गरी विद्यार्थीहरुले माक्सको बढी प्रयोग गरेको ब्यापारीहरुले जनाएका छन् । खानेकुरा संगै ग्यास लगाएतका अत्याबश्यक सामानहरु समेत धेरै खपत गर्ने क्रम बढेको समेत पसलेहरुले बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।