सफलतापूर्बक सम्पन्न प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

काठमाण्डौं, फागनु २१

दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण पनि सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आई.सि.यू कक्षामा सारिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो पटक बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको हो । अहिले उहाको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले बिज्ञप्ती निकालेर जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले उहाँको मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरेको जानकारी दिनुभयो । प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको उहाँका भनाई छ ।  प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

उहाँले एउटा मिर्गौला प्रधानमन्त्री ओलीलाई दान गर्नुभएको हो । गएको सोमबार अस्पताल भर्ना हुनुभएका ओलीको बुधबार सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिएको हो । झण्डै १२ वर्ष पहिले वलीको पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *