पाल्पा, फागुन २१
पाल्पामा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १० जना घाईते भएका छन् । तानसेन १४ अर्गलीको कुडापानीमा बुधबार दिउसो भएको दुर्घटनामा सैनामैना नगरपालीका, १ की ५५ बर्षिया धनकलि बिकको ज्यान गएको हो । बुटवल बाट गुल्मीको शान्तीपुरका लागी छुटेको लु १ ज १४२८ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको लुम्बिनीमेडिकल कलेज प्रभास, तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गाडीको ब्रेकले काम नगरेपछि सो दुर्घटना भएको प्रहरीको भनाई छ ।
घाईते सैनामैना नगरपालीका, १ का २४ बर्षिय सुरेश बिक, २० बर्षिय रोशन बिक, सोही स्थानका २१ बर्षिय शुभास बिक, ४५ की निना बिक, चन्द्रकोट गाउँपालिका ५ गुल्मीका ५० बर्षिय राम बहादुर थापा, भीमसेन नगरपालीका ८ की २७ बर्षिया मुना भट्ट, देबदह नगरपालीका १० रुपन्देहीकी ३८ बर्षिया मनमाया सुनार, गल्कोट नगरपालीका ८ बाग्लुङ्गकी ४० बर्षिया जोनु सुनार, सैनामैना नगरपालीका १ की ६५ बर्षिया पदम बहादुर सुनार, बरेङ गाउँपालिका ५ का २४ बर्षिय रेशम सुनारको उपचार भैरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।