भष्ट्राचारी जो कोहीलाई पनि बचाउन सकिदैन ः पूर्ब मन्त्री राना

पाल्पा, फागुन २०

पूर्बमन्त्री दल बहादुर रानाले भष्ट्राचारी जो कोहीलाई पनि बचाउन नसकिने बताउनुभएको छ । नेकपा प्रदेश पाँचका सह इन्चार्ज समेत रहनुभएका रानाले गल्ती गर्ने जो भएपनि कानुनी कारबाहीको भागी हुने बताउनुभएको हो । नेकपा पाल्पाको तानसेनमा सम्पन्न तेस्रो पूर्ण बैठकमा बोल्दै उहाले सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकभएर अघि बढेको बताउनुभयो । नेकपालाई थप व्यवस्थित र बलियो बनाउनका तीन महिने घरदैलो अभियान संचालन हुने रानाको भनाई छ ।

बैठकमा नेकपा प्रदेश नम्वर ५ का अध्यक्ष तथा पूर्बसभामुख ओनसरी घर्तीले देश र जनताको हितका वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो ।  नेकपा पाल्पाका इन्चार्ज तथा पूर्बमन्त्री सोम प्रसाद पाण्डेयले बर्तमान सरकारले जनताका पक्षमा उदाहरणिय काम गर्दे गएपछि बिपक्षीहरु अतालिएको दाबी गर्नुभयो । नेकपा जिल्ला सह इन्चार्ज तुलाराम घर्तीले नेता तथा कार्यकर्ता इमान्दार भई पार्टीको काममा लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षताका बसेको बैठकले चैत्र १ गते देखी तिन महिने घरदैलो अभियान गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला सल्लाहकार परिषद, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीमा थप सदस्यहरु मनोनित गरेको नेकपा पाल्पाका प्रचारविभाग प्रमुख गुरास आत्रेयले जानकारी दिनुभयो । बैठकले तिनै तहका सरकारबाट विनियोजित बजेटबाट भएका बिकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न सहयोग गर्न र बिकासे योजनाहरुमा भष्ट्राचार हुन नदिन निगरानी गर्न कार्यकर्तालाई अपिल गरेको छ । जिल्ला सचिव गिर बहादुर थापाको सञ्चालन, कार्यालय सदस्य कमल पाण्डेयको स्वागतमा भएको बैठकमा कार्यालय सदस्य मथुरा ढकालले परिपत्र बाचन गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *