काठमाण्डौं, फागुन १९,
कोरोना भाइरसको संकामा काठमाण्डौंमा चार जना अस्पताल भर्ना भएका छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा आइतबार साँझ दुई जना र यस अघि अस्पताल भर्ना भएका गरी चार बिरामीको उपचार भैरहेको हो । बिरामी भइ उपचार हुने चारै जना पुरुष नेपाली नागरिक हुन् । भर्ना भएका मध्ये तीन जना दक्षिण कोरिया र एक जना चीनबाट आएका छन् ।
अस्पतालका अनुसार उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको नभइ
घरमै बस्दा ज्वरो आएपछि अस्पताल पुगेकाहरु हुन् । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढि देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै सचेत र सजकता अपनाउन नेपाल सरकारलाइ समेत आग्रह गरेको छ ।