झन् प्रिमनसुन सुरु

पाल्पा, फागुन १९,
पानीपर्न रोकिएला, जाडो कम हुँदै जाला भन्दा झन् यो बर्षको प्रिमनसुन सुरु भएको छ । मार्च, अप्रिल र मे महिना गरी तीन महिना प्रिमनसुन चल्ने हुँदा देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित हुने छ ।
प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने जनाइएको छ । मौसमविद्का अनुसार पहाडी भेगमा प्रिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने डर हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *