ट्रिपरको ठक्करवाट पाल्पामा स्कुटि चालकको मृत्यू

पाल्पा, फागनु १७,
ट्रिपरको ठक्करवाट पाल्पामा स्कुटि चालकको ज्यान गएको छ । माथागढी गाउँपालिका ५ ढाबानिर शनिबार दिउँसो भएको सो दुर्घटनामा स्कुटि चालक रुपन्देही देबदह नगरपालीका ६ का ४६ बर्षिय तुलसिङ सिङकिजाको ज्यान गएको हो ।
ट्रिपरको ठक्कर बाट गंभिर घाईते भएका उपचारका क्रममा सिङकिजामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । माथागढी बाट सुनवल जाँदै गरेको लु ४१ प १८९० नम्बरको स्कुटिलाई बिपरित दिशा बाट आउँदै गरेको लु २ ख २०३१ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।