पाल्पा, फागुन १७,
नेपाल कोरोना भाईरसको उच्च जोखिम परेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाल कोरोना भाईरसको उच्च जोखिमा परेको जनाएको हो । यस अघि उच्च जोखिममा चिन रहेको थियो । नेपाल संगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा परेका छन् । नेपालमा अहिले सम्म एक जनामा बाहेक कसैमा पनि कोरोना भाईरस देखिएको छैन । तर कोरोना भाईसर प्रभावित देशका नागरिक धमाधम नेपाल आईरहेका छन् । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा बढीरहेको छ ।
पछिल्लो समय दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत कोरोना भाइरसको संक्रमण भेटिएको जनाइएको छ । विश्व स्वाथ्य संगठनका अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट २८ सयको मृत्यू भएको छ । विश्वभरका ८३ हजारमा कोरोनाको संक्रमण फैलिएको छ । चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण भएको छ । झण्डै ५० हजार बढी नेपाली रहेको दक्षिण कोरियामा कोरोनाकै कारण १२ जनाको मृत्यू भएपनि कुनै पनि नेपालीलाई समस्या नदेखिएको जनाइएको छ ।
चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिएको छ । इटालीमा १७ जनाले मृत्यू भएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि कोरोनाको संक्रमण फैलिएको छ । संगठनका अनुसार बेलायतमा १६ जनामा संक्रमण भेटिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित भेटिन थालेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउँदा ३८ जनामा संक्रमण भेटिएको छ ।