पाल्पा, फागुन १६,
खानीगाउँ माविले ५६ आंै वार्षिक उत्सव मनाएको छ । बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ माविले वार्षिक उत्सवका अवसरमा स्मारिका विमोचन, नवनिर्मित भवनको उद्घाटन, विद्यालयलाई योगदान दिएबापत शिक्षक, राजनैतिक नेता तथा सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ ।
५६ औं वार्षिक उत्सवका प्रमुख अतिथि पूर्व उद्योग मन्त्री एवम् संघिय सभा सदस्य सोम प्रसाद पाण्डेले विद्यालयलाई सबैको साझा बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयहरु भौतिक रुपमा मात्रै सम्पन्न भएर नहुने भन्दै पठन पाठन राम्रो बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैको सकारात्मक योगदान हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश ५ का प्रदेश सभा सदस्य एवम् नेपाली काग्रेस पाल्पाका सभापति बिर बहादुर रानाले पहिले शिक्षकनै अध्ययनशिल हुनुपर्नेमा जोड दिनुभयो । शिक्षक आफूले जाने बुझेर मात्रै कक्षा कोठामा प्रबेश गर्नुपर्नेमा रानाको सुझाब थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरेको अध्यक्षता,शिक्षक खिमा गैरेको स्वागत र शिक्षक कोशलराज गैरेको संचालमा भएको कार्यक्रममा विद्यार्थीहरुले नाचगान समेत गरेका थिए ।