सडक दुर्घटनाका घाईते कांग्रेस नेताको मृत्यू

पाल्पा, फागुन १६ ,
पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा घाईते भएका काग्रेस नेताको ज्यान गएको छ । दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालीका ८ का ४८ बर्षिय महेन्द्र प्रसाद श्रेष्ठको मृत्यू भएको हो । नेपाली कांग्रेसका वडासभापति समेत रहनुभएका श्रेष्ठको उपचारको क्रममा शुक्रबार चितवनमा ज्यान गएको हो । बिहीबार बुटवलदेखि गुल्मी हिड्नु भएका श्रेष्ठ सवार लु १६ प ४६८६ नम्बरको मोटरसाइकललाई तिनाउँ गाउँपालिका ३ नागमन्दिरनिर , माथि बाट खसेको ढुङ्गाले लागेको थियो । दुर्घटनामा गंभिर घाईते उहाँको भरतपुर चितवनमा उपचार भएको थियो ।
पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने यो सडकमा हिउँद बर्षा सधै ढुङ्गे पहिरो झर्दै आएको छ । सिद्धबाबा क्षेत्रमा भएको जोखिम हटाउन सुरुङ्गमात्र बनाउने भनिएपछि अहिले सम्म कामको शुरुवात भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *