गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा चालक गंभिर घाइते


पाल्पा, फागुन १४
सडकमा गुडिरहेको मोटरसाइकलमाथि एक्कासी ढुङ्गा खस्दा पाल्पामा एक चालक गंभिर घाईते भएका छन् । दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालीका ८ का ४८ बर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाईते श्रेष्ठको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
बुटवल बाट गुल्मीका लागि छुटेको लु १६ प ४६८६ नम्बरको मोटरसाईकललाई बुधबार दिउँसो ३ बजेतिर तिनाउँ गाउँपालिका ३ नागमन्दिरनिर , माथि बाट खसेको ढुङ्गाले लागेको थियो । पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने यो सडकमा हिउद बर्षा सधै ढुङ्गे पहिरो झर्दै आएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *