बास्कोटाको राजीनामा स्वीकृत भएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीलाई

 


काठमाण्डौं, फागुन ८,

गोकुल बास्कोटाको राजीनामा स्वीकृत भएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । राष्ट्रपति कार्यालयले बिहिबार बेलुकी विज्ञप्ति जारी गर्दे सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । साथै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नुभएको जनाइएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिनुभएको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले समेत सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दे बिहीबारको संसद अवरुद्ध पारेको थियो । सामाजिक संजालमा समेत बास्कोटाको बिरुद्ध चर्को बिरोध भएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए ।

तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दिएको थियो । बिपक्षी काग्रेसले बास्कोटाले राजीनामा दिदैमा छुट नपाउने र उनीमाथि छानबिन र थप कारवाही हुनुपर्ने माग गरेको छ । प्रधानमन्त्री के.पी शर्मा वलीका निकै बिश्वासपात्र मानिने बास्कोटा सहायक मन्त्री हुँदै मन्त्री बनेका थिए । बास्कोटा लामो समय पत्रकारीतामा समेत रहेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *