पाल्पा, फागुन ५,
तेक्वाण्डो प्रतियोगितामा पटक पटक राष्ट्रिय र अन्र्तराष्ट्रिय पुरस्कार विजेता तानसेन स्थित बेथल बोर्डिङ्ग स्कूल, राष्ट्रिय सेवादल तालिममा पनि उत्कृष्ट भएको छ । नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी ) सिनियर डिभिजन तालिममा बेथल स्कूल सर्वोत्कृष्ट भएको हो । विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु मगरका अनुसार ७९ दिन विद्यालयमै तालिम दिएपछि एनसिसीका विद्यार्थीहरुलाई गत माघ ८ देखि २८ सम्म २१ दिने क्याम्प तालिम दिइएको थियो ।
जंगी अड्डा काठमाडौंद्वारा नवलपुरको हात्तिखोरमा भएको १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा बेथल स्कूलवाट कक्षा ११ र १२ का विद्यार्थी सहभागी थिए । बेथल स्कूलका अनुसार छात्रा भलिबल, छात्रा दौड र सांस्कृतिक कार्यक्रम प्रतियोगितामा द्धितिय र क्याडेट दिलबहादुर बराल सर्वोेत्कृष्ट क्याडेट ( प्रथम स्थान ) र क्याडेट साधना हुमागाई कम्पनी कमाण्डर हुन सफल भएका छन् ।
युवा विकास कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी यूवा जनशक्तिलाई अनुशासित, तालिम प्राप्त, अभिप्रेरित बनाई राष्ट्रिय एकता र वफादारिताको भावनामा बाधी देशको चौतर्फी विकासमा सहयोग पुर्याउने उद्धेश्यले विद्यालयमा एनसीसी गठन गरी बिद्यार्थीहरुलाई सहभागी गराएको विद्यालयका अध्यक्ष माधब नेपालले जानकारी दिनुभयो ।
एनसीसीमा विभिन्न शारीरिक तालिमहरु, पौडी, घोड चढी, तेक्वाण्डो , सैनिक ज्ञान, नक्सा अध्ययन, विपद् व्यवस्थापन, प्राथमिक उपचार लगाएतका तालिमहरु संचालन हुँदै आएका छन् । बेथल बोर्डिङ्ग स्कूलमा संचालन भएको बेथल आई,टि,एफ तेक्वाण्डो डोजाङ्गका खेलाडीहरुले यस अघि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार हात पारिसकेको छ । बेथल बोर्डिङ्ग स्कूल अन्य अतिरिक्त कार्यक्रमहरुमा समेत निकै अगाडी रहेको छ ।