पाल्पा, फागुन ३ ,
दुई जना जनप्रतिनिधि सहित पाल्पाको रामपुरमा एक लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर ५ रानाटोल स्थित रुद्र कुमार श्रेष्ठको घरमा जुवा खेलीरहेका वडा नम्बर ४ का वडा सदस्य ३७ वर्षिय तिर्थ बहादुर थापा, वडा नम्बर ५ का वडा सदस्य ४९ वर्षिय काशिनाथ रेग्मी सहित १४ जना, ८ बुक तास र एक लाख तीन हजार दुई सय पन्चासी रुपियाँ संगै पक्राउ परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, प्रहरी निरिक्षक भीम बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रामपुर ५ का ५१ बर्षिय रुद्र कुमार श्रेष्ठ, सोही स्थानका ५१ बर्षिय नगेन्द्र काफ्ले, ६४ वर्षिय श्यामकान्त शर्मा, ५८ वर्षिय फत्त बहादुर थापा, ५० वर्षिय भेष बहादुर शाही, ३९ वर्षिय यादब प्रशाद भण्डारी, ४० वर्षिय मक्ति थापा, रामपुर ४ का ४५ वर्षिय चाम बहादुर शाही, ४१ वर्षिय जोरमहमद, ३४ वर्षिय निलकण्ठ खाम्चा, ४६ वर्षिय देब शेन र निस्दी गाउँपालिका ४ का ३३ वर्षिय पूर्ण बहादुर बारघरे लाई ईलाका प्रहरी कार्यालय, रामपुरमै राखेर कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।