एक लाख बढी रकम सहित १४ जुवाडे पक्राउ

पाल्पा, फागुन २ ,
पाल्पाको रामपुरमा एक लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर नगरपालीका ५ रानाटोल स्थित रुद्र कुमार श्रेष्ठको घरमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई शुक्रबार बेलुकी ५ बजे तिर ८ बुक तास र एक लाख तीन हजार दुई सय पन्चासी रुपिया सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, प्रहरी निरिक्षक भीम बहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालयमै राखिएको प्रहरीले जनाएको छ ।