पाल्पा महोत्सव शुरु , कोरोनाको समस्या छैन, हल्लाको पछि नलाग्नुस ः मन्त्री ढकाल

 


देब पचभैया
पाल्पा, फागुन १,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाईरसको कुनै खतरा नभएको बताउनुभएको छ । जुन सुकै हिशावले कोरोना बाट नेपाल शुरक्षित रहेकाले हल्लाको पछि नलाग्न समेत उहाले सबैसंग आग्रह गर्नुभयो । तानसेन ९ दमकडा, पाल्पामा आज बाट शुरु भएको पाल्पा महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले कोरोनाका बारेमा अनावश्यक हल्ला नगर्न समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

चिन बाट आएका एक नेपालीमा कोरोना भाइरसको लक्षण देखिएपनि १५ दिन सम्म उपचार पछि निको भएको भन्दै उहाले सामान्य रुघाखोकी र ज्वोरो आउदा समेत कोरोनाको हल्ला गर्नेहरुले क्रास फैलाएको बताउनुभयो ।


‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५ बढी स्टल रहेका छन् । किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा ब्यापार संघका अध्यक्ष चिन्जिबि पोखरेलले जानकारी दिनुभयो ।

बिभिन्न जातजातिका कला सँस्कृति संगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहने छ ।

स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा , ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे जस्ता सांस्कृतिक कार्यक्रलाइ सास्कृतिक कार्यक्रमा प्राथमिकता दिइएको जनाइएको छ ।

एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । मेला फागुन ११ सम्म संचालन हुने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *