पाल्पा, माघ २९ ,
तेस्रो कार्यकालका लागि बुद्धि प्रसाद शर्मा नेपाल रेडक्रस सोसाइटी, पाल्पाको सभापतिमा निर्वाचित हुनुभएको छ । बुधबार तानसेनमा सम्पन्न ४२ औ साधारणसभा तथा अधिबेशनले शर्माको नेतृत्वमा आगामी दुई बर्षका लागि १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अधिबेशनले उपसभापतिमा कृष्णराज अधिकारी, महिला उपसभापति शोभा शाक्य, मन्त्रीमा केशवराज पौडेल, कोषाध्यक्षमा भीमसेन कार्की, उपमन्त्रीमा केशव राज नेपाल, उपकोषाध्यक्षमा पुष्पकर राज रेग्मी, महिला सदस्यहरुमा मायादेबी बज्राचार्य, शारदा कर्माचार्य र लक्ष्मीदेवी खराललाई निर्वाचित गरेको छ । सदस्यहरुमा मधुकर काफ्ले, हरी प्रसाद न्यौपाने, राजेन्द्र लिगल, हरी रायमाझी, लिला बहादुर कार्की , सन्तोश कुमार नेपाल र कमल भटराई निर्वाचित हुनुभएको छ । अधिबेशनमा जिल्ला भरीका १७ उपशाखाका १०५ प्रतिनिधि सहभागी थिए । रेडक्रस सोसाइटी, पाल्पामा अहिले भीमभैरव, गौतमबुद्ध, रामपुर, हेक्लाङ्ग, सिलुवा, चाप्पानी,मणिमुकुन्द, पिपलडाँडा,देउराली, खालीवन, निस्दी, ताँहु, माण्डब्य, माथागढी, तिनाउँ, पालुङ्गमैनादी र श्रीनगर गरी १७ उपशाखा आवद्ध छन् । ै साधारण सभा तथा अधिबेशनका अवसरमा, रेडक्रस, पाल्पामा कार्यरत बरिष्ठ कार्यक्रम अधिकृत बाबुराम कार्की, कार्यक्रम अधिकृत विनोद भारती र कार्यालय सहायक नारायण खड्कालाई सम्मान गरिएको थियो ।
सोसाईटीका केन्द्रिय समिति सदस्य शशि पन्थीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमका बतmाहरुले रेडक्रस जस्तो सामाजिक संस्थामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । रेडक्रसको नेतृत्व र समिति सहमतिका आधारमा बनाउने भन्दै जिल्लाका राजनैतिक दलका नेताहरु पटक पटक बार्ता र छलफलमा बसेका थिए ।