राजनैतिक गन्ध आउने गरी कुनै काम गर्दिन ः प्र.जि.अ सुवेदी


पाल्पा, माघ २९,
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले राजैतिक गन्ध आउने गरी कुनै पनि काम नगर्ने बताउनुभएको छ । भर्खर मात्रै प्रमुख जिल्ला अधिकारी बनेर पाल्पा आउनुभएका उहाले बुधबार पाल्पाली पत्रकारहरु संगको भेटमा सो कुरा बताउनुभएको हो । राजनैतिक दलहरु संगको भेटमा पनि आफूले सोही कुरा बताएको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले नियम कानुन र राज्यले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने बताउनुभयो । आफुले अहिले सम्म कुनै पनि नाजायज वा भ्रष्टाचार जन्य काम नगरेको , नगर्ने र आफू मातहतका निकायलाई पनि भ्रष्टाचार जन्य कुनै पनि काम गर्न नदिने उहाको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले सरकारी कार्यालयहरुलाई सुचना मैत्री बनाउने समेत बताउनुभयो । यस अघि ६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अनुभब संगाल्नुभएका सुबेदीले पाल्पाका बिभिन्न स्थानको भ्रमण गरी यहाको बस्तुस्थित बुझ्ने योजना समेत सुनाउनुभयो । दाङ्ग जन्मघर भएका सुबेदी गृहमन्त्रालय बाट पाल्पाको जिम्मेवारी समाल्न आउनुभएको हो । लामो समय सुचना तथा सञ्चार मन्त्रालयमा रहेक काम गरेको अनुभव सुनाउँदै प्रमुख जिल्ला अधिकारी सुबेदीले सबैको साथ र सहयोगमा काम गर्ने समेत बताउनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *