पाल्पाली ढाका परियोजनावाट १५ सय युवा स्वरोजगार बन्दै , ५ करोड आर्थिक सहयोगमा हस्ताक्षर

 

 


देब पचभैया
पाल्पा, माघ २९ ,
पाल्पाली ढाकाको परियोजनावाट १५ शय यूवा स्वरोजगार बन्ने भएका छन् । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको झण्डै ५ करोड आर्थिक सहयोगमा शुरु हुन लागेको ढाका परियोजना बाट ढाका बुन्ने, प्राविधिक डिजाइन र सिलाईकर्ता गरी १५ शय बढीले रोजगार पाउने भएका हुन् । पाल्पाली ढाका संघको बुधबार तानसेनमा गरेको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमायाँ महर्जन र सीप परियोजनाका प्रमुख बल्जित बोहोराले हस्ताक्षर गरेका छन् । परियोजना बाट तालिम संचालन गर्ने र उद्यमी बन्न चाहनेहरुलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थामार्फत लगानी गर्ने गरी सम्झौता भएको हो । उद्यमीले माग गरे अनुसार संस्थाले प्रक्रिया पूरा गरेर सस्तो व्याजदरमा ऋण लगानी गर्ने जनाइएको छ ।
सपथ लिने बेला पाल्पाली ढाका टोपी पाएन ः मुख्य मन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेले मुख्य मन्त्रीको सपथ खाने बेला पाल्पाली ढाकाको टोपी नपाएको गुनासो गर्नुभएको छ । तानसेनमा आयोजित ढाका परियोजना हस्तारक्षर कार्यक्रमलाई सम्बोधन गर्दे मुख्य मन्त्री पोखरेलले सपथ लिने बेला बुटवल बजारभरी घुम्दा पनि पाल्पाली ढाकाको टोपी नपाएको बताउनुभएको हो । नेपालीको पहिचान दिने पाल्पाली ढाका टोपी पछिल्लो समय ओझेल पर्दे गएकोमा दुख लागेको उहाँको भनाई थियो । ढाकाको उद्यमी बनेर घरघर बाट युवाहरु अघि बढ्नुपर्नेमा जोड दिदै मुख्य मन्त्री पोखरेलले
समयको माग अनुसार गुणस्तरीय पाल्पाली ढाकाको ब्राण्ड दिन सके बजारको समस्या नहुने बताउनुभयो । बिदेशमा समेत ढाकाबाट बनेका सामाग्रीहरु बेच्न सकिने उहाको विश्वास थियो ।  कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पाल्पाको पहिचान पाल्पाली ढाकाको उत्पादन घटेपनि माग बढीरहेको बताउनुभयो । बाहिरी ढाकाको आयात हुँदा पाल्पाली ढाकालाई असर गरेको प्रमुख शाहीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *