पाल्पा महोत्सवको तयारी पुरा 


पाल्पा, माघ २९,
बिहिबार देखि शुरु हुने पाल्पा महोत्सवको तयारी पुरा भएको छ । पाल्पा ब्यापार संघको आयोजनामा फागुन ११ सम्म संचालन हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएका छन् । तानसेन ९ दमकडाको खेल मैदानमा हुने महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उद्घाटन गर्ने मेला आयोजक, पाल्पा ब्यापार संघका अध्यक्ष चिन्जिबि पोखरेलले जानकारी दिनुभयो । ‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा लिएर हुन लागेको महोत्सवमा २ सय ७५ वटा स्टल रहने छन् । किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका तथा स्टललाई प्राथमिकता दिइएको जनाइएको छ । बिभिन्न जातजातिका कला सँस्कृति संगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहने छ । स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा , ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे जस्ता सांस्कृतिक कार्यक्रलाइ प्राथमिकता दिइएको मेला आयोजकले जनाएका छन् । एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव आयोजकले मेला सफल पार्न बुधबार तानसेन र मेला स्थल परिक्रमा हुने गरी मोटरसाईकल र्याली निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *