लाइसेन्स लिने उमेर १८ वर्ष, अवधि १० तर कम्तीमा १० पास अनिवार्य


काठमाण्डौं, माघ २७,

अव देखि सवारी चालक अनुमति पत्र लिने उमेर १८ बर्षको हुने भएको छ । यस अघि १६ बर्षमै लाइसेन्स पाउने ब्यवस्था थियो । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन–२०७६ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । लाइसेन्सको समय सीमा समेत १० वर्षको हुने बिभागले जनाएको छ । अहिले पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई बढाएर १० बर्ष बनाउन लागिएको हो ।

सानै उमेरमा सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न घटनाले देखाएपछि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । यस बारेमा मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको जनाइएको छ । मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्ने विभागको भनाई छ । चालकका लागि कम्तीमा कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको समेत विभागका महानिर्देशक हमालले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *