दुइदिने भाषणकला र उद्घोषण तालिम सम्पन्न

पाल्पा, माघ २७,

पाल्पाको बगनासकालीमा भाषणकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र दलित समन्वय समितिको आयोजनामा सञ्चालन भएको दुइदिने भाषणकला तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले नागरिक सचेत नहुँदासम्म समाजको विकास नहुने बताउनुभयो । भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भन्दै उहाँले पिछडिएका वर्ग, लिंग र समुदायलाई सचेत गराउनको लागि अझैपनि विशेष खालका कार्यक्रम आवश्यक रहेकोमा उहाको जोड थियो ।
कार्यक्रममा न्यायीक समितिका सदस्य कुलप्रसाद ढुंगाना, बालमैत्री कार्यक्रमका फोकल प्रर्शन मनोज आचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ती तिमिल्सेना लगायतले तालिममा सिकेका कुरा जीवन व्यवहारमा लागु गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागीका तर्फबाट दलित समन्वय समिति चापपानीका अध्यक्ष मिनबहादुर विक, इन्दिरा परियार, विष्णु सुनार लगायतले सदियौदेखि पछाडि परेको दलित समुदायका युवालाई सचेतनामूलक प्रभावकारी तालिम अझै पनि आवश्यकता रहेको बताउनुभयो ।  बगनासकाली गाउँ कार्यपालिका सदस्य तथा दलित समन्वय समितिका अध्यक्ष विजुली विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य तेजबहादुर रसालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । ३० बढीको सहभागिता रहेको तालिममा पत्रकार मिलन विश्वकर्मा र यज्ञमूर्ती तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *